गोरखा — नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले भगवण्डाको लागि तनि दलका शीर्ष नेताहरु मिल्ने बताएका छन। आज (सोमबार) चेम्वर अफ कमर्स गोरखाले आयोजना गरेको व्यवसायीसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अलग–अलग भागवण्डा मिलाउँदा प्रमुख तीन दलका शीर्ष नेताहरू मिल्ने गरेको आरोप लगाएका हुन्।।यस्तै उनले भित्री भागवण्डमा बाँडिचुँडी खान शीर्ष नेताहरू त्यसरी बस्ने गरेको पनि बताए।
यसो बैठक भएको हुन्छ, पहिले कांग्रेस माओवादी बस्नुहुन्छ, उस्तै परेर अलगरअलग भागवण्डा भित्री रुपमा गर्नुपरे ओलीजीलाई पनि बोलाउनुहुन्छ। ओलीजी, प्रचण्डजी र शेरबहादुरजी भित्री भागवण्डा मिलाउनुहुन्छ,’ उनले भने, ‘बाहिर लडेको जस्तो गर्नुहुन्छ भित्री रुपमा बाँडीचुँडी खान एकै ठाउँमा बस्नुहुन्छ।
नेता भट्टराईले आफूलाई भने त्यस्ता बैठकमा नबोलाउने गरिएको बताए। ‘राजनीतिक सही दृष्टिकोण भएको नेतृत्व चाहिन्छ, मेरा पुस्ताका नेताहरु जेल बस्नुभएको छ, दुस्ख गर्नुभएको छ, तर देश विकासको सोच छैन, सक्नुहुन्न,’ उनले भने।
यस्तै उनले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएर संविधान बनेपछि आफू विकास, शुसासन र समृद्धितर्फ लागेको बताएका थिए। माओवादीले सुरु गरेको सशस्त्र युद्धको सन्दर्भ जोड्दे उनले भने, ‘त्योबेला सत्ता हिंसामा आश्रित थियो, प्रतिहिंसाले प्रतिस्थापन गर्नुपर्छ भन्ने विज्ञानको आधारमा म पनि त्यतै लागें। हतियारको दमन राज्यले गर्थ्यो, त्यसलाई हतियारबाटै निरंकुशतन्त्र, राजतन्त्र हटाएर संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान बनाएपछि शुसासन र समृद्धिको बाटोमा जानुपर्छ भनेर निक्लिएर हिँडेको हुँ म ।ु यस क्रममा नेता भट्टराईले एक संस्थापकको रुपमा आफूलाई पनि माओवादीको माया रहेको बताएका थिए।