काठमाडौँ– एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको भारत ‘ए’ विरुद्धको आफ्नो दोस्रो खेलमा सोमबार नेपाली टोलीका कप्तान रोहित पौडेलले अर्धसतक पूरा गरेका छन्।
श्रीलङ्काको आर प्रेमदासा रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले राम्रो शुरुवात गर्न सकेन। नेपालका कुशल भुर्तेल शून्य, आसिफ शेख ७, देव खनाल १५, भीम सार्की ४ र कुशल मल्ल शून्य रन र सोमपाल कामी १४ रनमा आउट भए। अहिले क्रिजमा कप्तान रोहित पौडेल र गुलसन झा छन्।
नेपालले १० ओभरमा ३७ रन बनाउँदा ५ विकेट गुमाएको अवस्थामा रोहित र सोमपालले पारी सम्हालेका थिए। त्यसपछि छैटौँ विकेटका लागि रोहित र सोमपाल कामीले ५३ रनको साझेदारी गरेका थिए।
नेपालले ताजा अवस्थामा २९ ओभरमा ६ विकेट गुमाएर १ सय १७ रन बनाएको छ।