काठमाडौँ– सोमबार सेयर बजार ४७.०७ विन्दुले बढेर २१४४.१६ अंकमा आएको छ। सूचकमा आकर्षक वृद्धिपछि नेप्सेले सजिलै २१ सय विन्दुलाई पार गर्न सफल भएको हो।
३ वटा कम्पनी सकारात्मक सर्किट तहमा कारोबार हुँदा २ अर्ब ५६ करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ। यो कारोबार रकम भने औसतमा हो। म्युचुअल फन्डबाहेक बाँकी सबै समूह बढेका छन्। विकास बैंक समूहमा सबैभन्दा बढी तेजी आएको छ। वाणिज्य बैंक समूह पनि बढेको छ।
यस दिन २५७ कम्पनीको ७६ लाख ३४ हजार कित्ता सेयर कारोबार भएको छ। १४ करोड ८६ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ। यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन लाइफ इन्स्योरेन्स र शाइन रेसुंगा डेभलपमेन्ट बैंक परेका छन्।