आर्थिक वर्षको पहिलो दिन सुनचाँदीको मूल्य स्थिर - Chaitanya News
  • 2026-05-26
  • 07:31:57
  • मंगलबार,जेठ १२, २०८३
  • आर्थिक वर्षको पहिलो दिन सुनचाँदीको मूल्य स्थिर

    आर्थिक वर्षको पहिलो दिन सुनचाँदीको मूल्य स्थिर

    काठमाडौं-  आर्थिक वर्षको पहिलो दिन सोमबार स्थानीय बजारमा सुनचाँदीको मूल्य स्थिर छ ।

    सोमबार सुनको मूल्य तोलाको एक लाख १२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    गत कारोबार दिन आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो । आज तेजाबी सुन तोलाको एक लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    त्यस्तै, चाँदी प्रतितोला एक हजार ४८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।