काठमाडौँ– नेकपा माओवादीका सांसद देवेन्द्र पौडेलले उच्च शिक्षा ऐन संसदमा ल्याएर तत्काल पारित गनुपर्ने बताएका छन।
आज (आइतबार) संसदमा बोल्दै पौडेलले शिक्षाका ८ ऐन शिक्षा र कानुनमा घुमेको घुम्यै गरेको बताए।
शिक्षा सुधार गर्न उच्च शिक्षा सुधारिनुपर्छ। उच्च शिक्षालाई प्रणालीमा ल्याउन ऐन छिटो अघि बढाउने कुरा नै पहिलो आवश्यकता छ’ पौडेलले भने, ‘विश्वविद्यालय मेडिकल पढाउँछ। प्रतिष्ठानले पनि मेडिकल पढाउँछ। विपि प्रतिष्ठानले मेडिकल पढाइराखेको छ। त्यसैमा चिकित्सा शिक्षा आयोगले आफै परीक्षा लिन्छ’ पौडेलले भने, ‘कहाँबाट परीक्षा दिएर अघि बढ्ने विद्यार्थी गन्जागोलमा फस्छ? यी सबै विषय ऐन ल्याएर नियमन नगर्दासम्म व्यवस्थापन हुन सक्दैन।’
त्रिभुवन विश्वविद्यालयका १११ आंगिक क्याम्पस र अरु क्याम्पसहरु समेत धेरै हुँदा राम्रोसँग चल्न नसकेको पौडेलको भनाई छ।