काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेता बन्ने योग्यता नघटेको बताएका छन। आज (आइतबार संसद परिसरमा सञ्चारकर्मीहरुसंग कुराकानि गर्दै यस्तो बताएका हुन्। यस्तै उनले संसदीय दलको नेता बदल्ने प्रयास जारी राख्नुपर्ने पनि बताएका छन्।
पार्टी सभापति शेरबहादुर देउवाबाटै आफूले संसदीय दलको नेता बदल्नुपर्छ भन्नेकुरा सिकेको उनले बताए। आफू संसदीय दलको नेतामा हारेपछि पुनः संसदीय दलको नेता बन्नका लागि प्रयास जारी राखेको र यो सामान्य प्रक्रिया भएको उनको भनाइ छ।
संसदीय दलको नेता बन्न पार्टीको संसदीय दलको विधानले एकपटक प्रतिस्पर्धा गरिसकेपछि फेरि गर्न नपाउने भन्ने उल्लेख नगरेको भन्दै उनले संसदीय दलको नेतामा लडिसकेपछि अहिले पनि त्यही योग्यता आफूसँग रहेको बताए।
मौका हेरिराख्ने र मौकामा संसदीय दलको नेता बन्ने प्रयास नगर्नु अस्वाभाविक हुने उनको भनाइ छ। ‘हाम्रो पार्टीको संसदीय दलको विधानले एकपटक प्रतिस्पर्धा गरिसकेपछि फेरि गर्न पाउँदैनस् भनेर भेनेको छैन। प्रतिस्पर्धा गर्ने बेलामा मैले आफूलाई योग्य ठानेर नै प्रतिस्पर्धा गरेको हो। यो बीचमा मेरो योग्यता घटेको जस्तो मलाई लाग्दैन।