कांग्रेसका सभापति देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारीको बैठक - Chaitanya News
  • 2026-11-16
  • 16:50:32
  • सोमबार,मंसिर ०१, २०८३
  • कांग्रेसका सभापति देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारीको बैठक

    कांग्रेसका सभापति देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारीको बैठक

    काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएको छ।

    देउवाले आफ्नै निवासमा भोलि सोमबार दिउँसो २ बजे छलफलका लागि बोलाएको एक पदाधिकारीले जानकारी दिए।

    देउवाले भोलि पदाधिकारीसित छलफल गरेपछि पर्सि बिहान दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई फेरि छलफल गर्ने तयारी पनि गरेका एक नेताले बताए।

    गत २७ असारमा बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक साउन २ सम्मका लागि स्थगित भएको छ। भोलिको बैठकले केन्द्रीय समितिको बैठकका एजेण्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेस गर्ने तयारी छ।