राज्यले सहकारी पीडितहरुको आवाज सुन्न आवश्यक : महामन्त्री थापा - Chaitanya News
  • 2026-11-16
  • 16:50:23
  • सोमबार,मंसिर ०१, २०८३
  • राज्यले सहकारी पीडितहरुको आवाज सुन्न आवश्यक : महामन्त्री थापा

    राज्यले सहकारी पीडितहरुको आवाज सुन्न आवश्यक : महामन्त्री थापा

    काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राज्यले सरकारी पीडितहरुको आवाज सुन्नुपर्ने बताएका छन्। आईतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै माहामन्त्री थापाले यस्तो बताएका हुन्। यस्तै उनले अहिलेको अवस्था आउनुमा सबैभन्दा बढी राज्य जिम्मेवार रहेकाले उनीहरुको आवाज सुन्न आवश्यक रहेको पनि बताएका हुन्।

    सहकारी पीडितहरुले केहिदिनदेखि माईतीघर मण्डलाबाट आन्दोलन गरिरहेका छन्। पीडितहरुको आन्दोलनलाई राज्यले सम्बोधन गर्न आवश्यक रहेको बताउँदै उनले भने,‘यिनको आवाज राज्यले सुन्नैपर्छ। किनकी आज यिनको जे अवस्था भएको यसको जिम्मेवार राज्य पनि हो। जुन निकायले अनुगमन गर्नुपर्ने हो, त्यो निकायले अनुगमन राम्रोसँग गरेन। अनुगमन राम्रोसँग नगर्दैगर्दाको अवस्था यस्तो हुन्छ भन्ने थाहा थियो। जसले उसलाई काम लगाउन पर्ने थियो उ पनि केवल रिवन काट्नमा मात्रै व्यवस्त भयो।

    समय घड्किएपछि मात्रै सरकारले अध्ययन कार्यदल गठन गरेको र उक्त कार्यदलले २७ बुँदामा प्रतिवेदन बुझाईसकेको उल्लेख गर्दै उनले वचतकर्ताको रकम फिर्ता गराउनका लागि आजैबाट काम आग्रह गरेका छन्। आफूहरुले सहकारी पीडितहरुले न्याय पाएको समाचार सुन्न चाहेको उनको भनाई छ।