काठमाडौं– सांसद सोविता गौतमले हवाई सुरक्षाको अबस्था निरन्तर ओरालो लाग्नु नियामक निगमको अक्षमता भएको बताइकी छिन। आज (आइतबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले हवाई सुरक्षाको अबस्था निरन्तर ओराले लाग्नु नियामक निकायको अक्षमता भइको बताएकी हुन्। यस्तै उनले देशका हवाई दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण पनि गराएकी छिन्।
‘संसारमा यातायातका साधनमध्ये सबैभन्दा सुरक्षित मानिने हवाई यातायात नेपालमा सबैभन्दा असुरक्षित देखिएको छ’ उनले भनिन्, ‘उडान सुरक्षाको अवस्था निरन्तर ओरालो लागेको छ, यो नियामक निकायको अक्षमता हो।’
नेपालमा हवाईसम्बन्धी पृथक, विशिष्टीकृत र सशक्त नियामक निकायको आवश्यकता रहेको उनको भनाइ थियो।