राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गर्‍यो देशभरिका ११ वटा शाखा विस्तार - Chaitanya News
  • 2026-05-26
  • 07:33:04
  • मंगलबार,जेठ १२, २०८३
  • राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गर्‍यो देशभरिका ११ वटा शाखा विस्तार

    राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गर्‍यो देशभरिका ११ वटा शाखा विस्तार

    काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशभरिका विभिन्न स्थानमा ११ वटा शाखा कार्यालय विस्तार गरेको छ। सिरहाको गोलबजार, बैतडीको पाटन, दार्चुलाको गोकुलेश्वर, मोरङ्गको बिराटचोकमा शाखा विस्तार भएको छ।

    यस्तै मकवानपुरको सानोपोखरा, ललितपुरको ग्वार्को तथा मंगलबजार, सुर्खेतको छिन्चु, कालिकोटको रास्कोट, दैलेखको राकम कर्णाली र स्याङ्जाको वालिङ्गको पनि कारोबार शुभारम्भ गरिएको बैंकले जनाएको छ। यस पश्चात बैंकको देशभर २८२ वटा शाखा कार्यालय सञ्चालनमा आएको छ।

    बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंंकले कर्णाली प्रदेशमा मात्र ३ वटा शाखा कार्यालय सहित शहरी क्षेत्रमा शाखा सञ्चालन गरी प्राथमिकताका साथ आम नागरिकमा आधुनिक बैंकिङ्ग सेवा प्रवाह गरिरहेको बताए।