सरकारी बजेट आर्थिक वर्षको अन्तिम महिना असारमा मात्र खर्च गर्ने प्रवृत्ति रोक्नुपर्छ : सांसद पराजुली - Chaitanya News
  • 2026-05-26
  • 07:32:51
  • मंगलबार,जेठ १२, २०८३
  • सरकारी बजेट आर्थिक वर्षको अन्तिम महिना असारमा मात्र खर्च गर्ने प्रवृत्ति रोक्नुपर्छ : सांसद पराजुली

    सरकारी बजेट आर्थिक वर्षको अन्तिम महिना असारमा मात्र खर्च गर्ने प्रवृत्ति रोक्नुपर्छ : सांसद पराजुली

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीलेअसारमा विकासको मुहान फुटेको देख्न पाएको बताएका छन। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले असारमा विकासको मुल फुटेको देख्न पाइको बताएका हुन्। यस्तै उनले सरकारी बजेट आर्थिक वर्षको अन्तिम महिना असारमा मात्र खर्च गर्ने प्रवृत्ति रोक्नुपर्ने पनि बताएका छन्।

    उनले असारमा बजेट सक्नका लागि हतार हतारमा रकम खर्च गर्ने प्रवृत्ति रहेको भन्दै सरकारको ध्यानाकषण गरे।

    ‘म सरकारद्वारा पञ्चांग समितिलाई कम्तीमा वर्षमा ६ वटा महिनाको नाम नै असार राखिदिन आग्रह गर्दछु’ उनी भन्छन्, ‘ हो सभामुख महोदय, ६ वटै महिनाको नाम नै असार राखिदिऔं भनेको हो, असार महिना लागेदेखि मैले मेरो निर्वाचन क्षेत्रसहित देशका सबैतिर विकासको मुहानै फुटेको देख्न पाएँ’ सांसद पराजुलीले ब्यङ्ग्य गरे।

    असारमा चक्रपथको सर्भिस ट्रयाकमा ढलका पाइप बिछ्याउँदै गरेको, रातदिन पानी परिरहेका बेलामा पनि धमाधम कालोपत्रे गरेको देखिएको सांसद पराजुलीले बताए। तर केही दिनमा नै त्यही कालोपत्रे सडकमा ढलका पाइप बिच्छ्याउन, खानेपानीको पाइप जोड्न र विजुलीको तार अन्डरग्राउण्ड गर्न भन्दै भत्काइएको पनि उनले बताए।

    ‘असार सक्कित गयो, गाड्दा गाड्दै गरेको ढल, जोड्दा जोड्दै गरेको खानेपानीको पाइप, बनाउँदा बनाउँदै गरेको फुटपाथ त्यत्तिकै रोकियो’ उनी भन्छन्, ‘वर्षाको सिजनमा पानी पन थालेपछि गरेको कालोपत्रे बगायो, वाल भत्कियो, पानीले बाटो फेरि खाल्डै खाल्डो बनायो।’

    असार बाहेकका ११ महिना सबै नेताहरुका लागि त्यही खाल्डो परेको बाटो भाषण ठोक्न र सोझा जनतालाई झुक्याउन समय खर्चिने उनले बताए।