साउन १ गते देखि श्रमिकको न्यूनतम ज्याला बढाउन महामन्त्री शर्मको माग - Chaitanya News
  • 2026-05-26
  • 07:33:04
  • मंगलबार,जेठ १२, २०८३
  • साउन १ गते देखि श्रमिकको न्यूनतम ज्याला बढाउन महामन्त्री शर्मको माग

    साउन १ गते देखि श्रमिकको न्यूनतम ज्याला बढाउन महामन्त्री शर्मको माग

    काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हरेक दुई वर्षमा बढाउनुपर्ने श्रमिकको न्यूनतम ज्याला बढाउन माग गरे। साउन १ देखि लागू हुने गरी श्रमिकको न्यूनतम ज्याला १५ हजार बाट बढाउनुपर्ने भन्दै शर्माले सरकार, रोजगारदाता र श्रमिकबीच संवाद गरी टुंगोमा पुर्‍याउन माग गरे।

    कांग्रेसकै सांसद रमा कोइराला पौडेलले साउन १ गते देखि नै लागू हुने गरी श्रमिकको न्युनतम ज्याला बढाउन माग गरिन्। ‘सरकारले साउन १ गतेदेखि लागू हुने गरी श्रमिकहरुको न्युनतम पारिश्रमिक बढाउने काम गरोस् भन्ने आग्रह गर्न चाहन्छु’ उनले भनिन् ।