सुन तस्करीमा चिनियाँ व्यापारी वाङसँग सामेल छैन : नेता महरा - Chaitanya News
  • 2026-11-18
  • 15:57:44
  • बुधबार,मंसिर ०३, २०८३
  • सुन तस्करीमा चिनियाँ व्यापारी वाङसँग सामेल छैन : नेता महरा

    सुन तस्करीमा चिनियाँ व्यापारी वाङसँग सामेल छैन : नेता महरा

    काठमाडौं– नेकपा मा‌ओवादी केन्द्रका नेता कृष्णबहादुर महराले सुन तस्करीमा चिनियाँ व्यापारी वाङसँग आफु सामेल नभएको बताएका छन। आज (आइतबार) सामाजिक सञ्जालमा यनले सुन तस्कारीमा चिनियाँ व्यापारी वाङसँग आफू र आफ्नो छोरा राहुलको कुनै संलग्नता नहरेको स्पष्ट पारेका हुन्।

    इलेक्ट्रिक सिगरेट (भेप) भित्र सुन तस्करीमा चिनियाँ व्यापारी समेत रहेका तस्करहरूसँग बावु (छोराको कनेक्सन रहेको विषय बाहिरिएपछि महराले यसबारे स्पष्ट पारेका हुन्।

    चिनियाँ नागरिक वाङसँग पहिलेदेखि सामान्य चिनजान भएको र उनी फलफूल व्यापारीको रुपमा मात्रै आफूले चिनेको बताएका छन्। नेता महराले उनको अन्य व्यापार र कामसँग आफूलाई कुनै जानकारी नभएको पनि बताए।

    सुन तस्करीमा छोरा राहुलको पनि कुनै संलग्नता नहरेको जिकिर गरेका छन्। उनले चिनियाँ नागरिक वाङले चिनियाँ कामदारको लागि मगाएको केही सामान भन्सारमा अड्किएको र बुझिदिन आग्रह गर्दा छोरा राहुलले भन्सारका कर्मचारीलाई सम्पर्क गरेको दावी गरेका छन्।

    राहुलको ती व्यक्तिसँग कुनै सहकार्य नभएको महराले स्पष्ट पारेका छन्।

    नेता महराले चिनजान हुनु र संलग्नत हुनु फरक विषय भन्दै दुरासयपूर्ण तरिकाले राजनैतिक पूर्वाग्राहीका आधारमा आफ्नो बदनाम गर्न खोजिएको बताएका छन्।