आयल निगमले आजदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य लागू गर्ने - Chaitanya News
  • 2026-05-26
  • 07:33:27
  • मंगलबार,जेठ १२, २०८३
  • आयल निगमले आजदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य लागू गर्ने

    आयल निगमले आजदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य लागू गर्ने

    काठमाडाैं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य आइतबारदेखि लागू गर्ने भएको छ ।

    भारतबाट आउने नयाँ मूल्यको आधारमा स्वचालित मूल्य लागू गरिने निगमले जनाएको हो ।

    पूर्ण स्वचालित मूल्य प्रणाली लागू गर्दा आयल निगमको प्रशासनिक खर्च, पूर्वाधारका लागि निश्चित प्रतिशत रकम राखेर भारतबाट आउने मूल्य अनुसार उपभोक्ताले लाभ पाउने गरी मूल्य घटाउने र मूल्य बढ्दा पनि त्यसको भार उपभोक्ताले नै बेहोर्ने गरी मूल्य बढाउने व्यवस्था हुन्छ ।

    निगमले ३० अर्ब बक्यौता उठाउन बाँकी रहेकाले एलपी ग्यास बाहेक अन्य पदार्थमा ३ प्रतिशत नाफा राख्ने भएको छ । हाल पेट्रोलियम पदार्थको बिक्री मूल्य ठाउँ अनुसार प्रतिलिटर १ सय ६७ रूपैयाँ ५० पैसादेखि १ सय ७०, डिजेल र मटितेलको मूल्य प्रतिलिटर १ सय ४७ रूपैयाँ ५० पैसादेखि १ सय ५० रूपैयाँसम्म कायम गरिएको छ ।

    यसैगरी, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ सय ३६ रूपैयाँ, अन्तर्राष्ट्रियतर्फ १ दशमलव ३५ डलर कायम गरिएको छ । खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १८ सय रूपैयाँ छ । हाल निगमलाई १५ दिनमा १ अर्ब १० करोड नाफा हुने गरेको छ ।