सुनको मूल्य तोलामा तीन सयले घट्यो - Chaitanya News
  • 2026-05-26
  • 07:33:49
  • मंगलबार,जेठ १२, २०८३
  • सुनको मूल्य तोलामा तीन सयले घट्यो

    सुनको मूल्य तोलामा तीन सयले घट्यो

    काठमाडौं- नेपाली बजारमा सुनको मूल्यमा प्रतितोला ३०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० र तेजाबी सुन तोलामा १ लाख ११ हजार ६५० रुपैयाँमा किनबेच भइरहेको जनाएको छ।

    शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ कायम थियो। यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।

    यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ। महासङ्घका अनुसार आज चाँदी प्रतितोला १४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।