बंगलादेशविरुद्ध दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दै नेपाल - Chaitanya News
  • 2026-06-06
  • 18:59:41
  • शनिबार,जेठ २३, २०८३
  • बंगलादेशविरुद्ध दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दै नेपाल

    बंगलादेशविरुद्ध दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दै नेपाल

    काठमाडौं –  नेपाली राष्ट्रिय महिला फुटबल टिम आज बंगलादेशविरुद्ध दोस्रो मैत्रीपूर्ण फुटबलका लागि मैदानमा उत्रिँदै छ । नेपाली महिला टिम पछिल्लो ६ खेलयता जितविहीन छ । बंगलादेशविरुद्ध उत्रिँदा नेपाली टिम जितविहीन यात्रालाई तोड्ने लक्ष्यमा हुनेछ ।

    एसियन गेम्सको तयारीका लागि दुई मैत्रीपूर्ण फुटबल खेल्न नेपाली टिम बंगलादेश पुगेको हो । पहिलो खेलमा नेपाली टिम बंगलादेशसँग १–१ को बराबरीमा रोकिएको थियो ।

    खेलअघि नेपाली टिमका मुख्य प्रशिक्षक अनन्तराज थापाले नेपाली टिमले जितका लागि खेल्ने बताए । बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तोफा कमल रंगशालामा नेपाली समयानुसार बेलुका ५ः१५ बजे खेल सुरु हुनेछ ।

    नेपाली टिम पहिलो खेलमा इन्ज्युरी समयअघिसम्म १–० ले पछि परेको थियो । इन्ज्युरी समयमा सावित्रा भण्डारीले गोल गरेपछि नेपाली टिमको हार टरेको थियो ।