भ्याली भ्यु स्कुलद्वारा उपत्यकाव्यापी कविता प्रतियोगिता आयोजना - Chaitanya News
  • 2026-05-02
  • 17:24:35
  • शनिबार,बैशाख १९, २०८३
  • भ्याली भ्यु स्कुलद्वारा उपत्यकाव्यापी कविता प्रतियोगिता आयोजना

    भ्याली भ्यु स्कुलद्वारा उपत्यकाव्यापी कविता प्रतियोगिता आयोजना

    काठमाडौं- भ्याली भ्यु स्कुलले २१०औं भानु जयन्तीका अवसरमा १६औं उपत्यकाव्यापी कविता प्रतियोगिताको आयोजना गरेको छ।

    प्रतियोगिता प्राचार्य सुभाषचन्द्र भण्डारीको अध्यक्षता र साहित्यकार वैरागी काइलाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

    कार्यक्रममा उपत्यकाका २१ विद्यालयका ३२ विद्यार्थीले सहभागिता जनाएका थिए। जसमा अवेरनेस इन्टरनेसल एकेडेमी, शंखमुलका डिपलभ अधिकारी प्रथम, कान्ति भैरव गुरुकुल विध्यालय, गोकर्णेश्वोरका मधुसुदन पराजुली द्वितीय, विजेश्वरी ज्ञानमन्दिर सैनिक महाविध्यालय, विजेश्वोरीकी सदिच्छा अर्याल तृतीय, काठमाडौं प्रज्ञाकुन्ज, नयाँ बानेश्वोरकि आभा खड्का र रुपुमर्दिनी सैनिक महाविध्यालय, बाँसबारीकी मेरिया गुरूङले चतुर्थस्थान हासिल गरे। विजयीहरूलाई क्रमशः ८०००, ५०००, ३००० र २००० नगद र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो।