जनमत पार्टीका सीके राउतले गरे केन्द्रीय समिति विस्तार - Chaitanya News
  • 2026-11-16
  • 16:34:40
  • सोमबार,मंसिर ०१, २०८३
  • जनमत पार्टीका सीके राउतले गरे केन्द्रीय समिति विस्तार

    जनमत पार्टीका सीके राउतले गरे केन्द्रीय समिति विस्तार

    काठमाडौं– जनमत पार्टीका डा. सीके राउतले केन्द्रीय समिति विस्तार गरेको छ। पार्टी सचिवालय बैठकले केन्द्रीय समिति विस्तार गरेको हो।

    बैठकले १७ सदस्यीय सचिवालय, ३९ सदस्यीय कार्यकारिणी समिति, १४ सदस्यीय राजनीतिक समिति र २१६ जनाको केन्द्रीय समिति बनाउने निर्णय गरेको पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले बताए।

    उनका अनुसार केन्द्रीय समितिमा अधिकांश नयाँ सदस्य रहेका छन्। यसअघि केन्द्रीय समितिमा रहेका केहीलाई भने सचिवालयमा ल्याइएको छ।

    पार्टीको विधानअनुसार ३५१ सदस्यीय बनाउनुपर्ने केन्द्रीय समिति तत्काललाई २१६ सदस्यीय बनाइएको सो पार्टीले जनाएको छ।

    बैठकले पार्टी प्रवक्ताको जिम्मा डा। शरदसिंह यादवलाई दिएको छ।