केपी ओली भन्छन् : लोकतन्त्रको साइन बोर्ड भएर हुँदैन, व्यवहार, आचरण लोकतान्त्रिक हुनुपर्छ - Chaitanya News
  • 2026-11-16
  • 16:34:30
  • सोमबार,मंसिर ०१, २०८३
  • केपी ओली भन्छन् : लोकतन्त्रको साइन बोर्ड भएर हुँदैन, व्यवहार, आचरण लोकतान्त्रिक हुनुपर्छ

    केपी ओली भन्छन् : लोकतन्त्रको साइन बोर्ड भएर हुँदैन, व्यवहार, आचरण लोकतान्त्रिक हुनुपर्छ

    काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र साइन बोर्ड र प्रणालीमा मात्रै सीमित नभइ आचरण, व्यवहार, जीवनपद्धति र राज्यको कार्यशैलीमा हुनुपर्ने बताएका छन।

    शुक्रवार काठमाण्डौमा आयोजित राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्चको २४औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले लोकतन्त्रको साइन बोर्ड भएर नभइ व्यवहार, आचरण लोकतान्त्रिक हुनुपर्ने बताएका हुन।

    उनले नेपालमा अझै पनि भोकमरीको अवस्था रहेको बताए ।उनले कतिपय गरिबीको रेखामुनि रहेका नागरिकहरुले आधारभूत अधिकारसमेत नपाइरहेको बताए। उनले यसबारेमा राज्यलाई सचेत गराउनु पर्ने बताएका छन। उ नले यसका लागि राज्यका सबै तहका नागरिकहरुले झक्झक्याउनुपर्ने बताए।