सुवासचन्द्र नेम्वाङले भने : विद्युतीय व्यापार‍ विधेयकमा बिजुली बेच्ने कुरा गर्ने मन्त्री गैरजिम्मेवार - Chaitanya News
  • 2026-11-16
  • 16:32:55
  • सोमबार,मंसिर ०१, २०८३
  • सुवासचन्द्र नेम्वाङले भने : विद्युतीय व्यापार‍ विधेयकमा बिजुली बेच्ने कुरा गर्ने मन्त्री गैरजिम्मेवार

    सुवासचन्द्र नेम्वाङले भने : विद्युतीय व्यापार‍ विधेयकमा बिजुली बेच्ने कुरा गर्ने मन्त्री गैरजिम्मेवार

    काठमाडौँ — प्रमुख प्रतिपक्षी दल एमालेका उपनेता सुवासचन्द्र नेम्वाङले विदद्युतीय व्यापारमा विधेकमा विजुली बेच्ने कुरा गर्ने मन्त्री गैरजिम्मेवार भएको कताएका छन्। बिहिवार राष्ट्रिय सभाको बैटकाम बोल्दै यस्तो बताएका हुन्। यस्तै उनले विद्युतीय माध्यमबाट हुने व्यापारसम्बन्धी कानुनी व्यवस्था गर्नका लागि ल्याइएको विधेयकमा विद्युत् व्यापारको कुरा गर्ने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले नैतिक जिम्मेवारी लिनुपर्ने पनिबताएका छन्।

    मन्त्री गैरजिम्मेवार बनेको उनको भनाइ थियो। राष्ट्रिय सभाका सांसदहरूले विधेयकको प्रस्तावनासम्म नहेरी बोलेको कुरालाई लज्जास्पद भएको बताएका छन्। राष्ट्रिय सभाको बिहीबारको बैठकमा ‘विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको छलफलमा सांसदहरूले विद्युत व्यापार सम्बन्धी विधेयकका रूपमा छलफल गरेका थिए। विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथि सैद्धान्तिक छलफलका क्रममा सांसदहरूले विद्युत् व्यापारको कुरा गरेका थिए भने मन्त्रीले पनि विद्युत् व्यापारको कुरा नै राखेका थिए। जबकी उक्त विधेयक ‘ई–कमर्स’ सम्बन्धी कानुनी व्यवस्था गर्न थियो।

    सांसदहरूको उक्त प्रस्तुति र मन्त्रीको जवाफ लज्जास्पद रहेको पूर्वसभामुखसमेत रहेका उपनेता नेम्वाङले बताए। हाम्रो सरकारका सम्बद्ध मन्त्रीलाई आफूले पेस गरेको विधेयकका बारेमा थाहा भएन। यो त लज्जास्पद कुरा हो। हामी सबैको लागि लज्जास्पद भयो। हामी सम्बद्ध साथीहरूका लागि पनि लज्जास्पद भयो,उनले भने हामी सम्बद्ध साथीहरूका तर्फबाट पनि आत्मलोचना गर्नुपर्छ। सम्बन्धित मन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्छ। मन्त्री एकदमै गैरजिम्मेवार भए।

    उक्त प्रकरणलाई नै लिएर राष्ट्रिय सभाको औचित्यमाथि नै भने प्रश्न उठाउन नहुने धारणा नेम्वाङले राखेका छन्। उनले भने, एउटा प्रसंगमा जे भयो त्यो लज्जास्पद भयो। सदनको जीवनको यो एउटा घटनाले सदनको बारेमा निष्कर्षमा पुग्नु हुँदैन। हिजो जे भयो त्यो ठिक भएन।

    त्यस्तो छलफललाई राष्ट्रिय सभाको नेतृत्वले तत्काल रोक्नुपर्नेमा त्यसो हुन नसकेको पनि नेम्वाङले बताए। उनले सभाको अध्यक्षता गरिरहेको व्यक्तिले विषयसँग असम्बद्ध छलफल तत्काल रोक्नुपर्ने नियमावलीको व्यवस्थाको ख्याल नराखेको टिप्पणी गरे। यस्तो असम्बद्ध छलफल तुरुन्तै रोकिनुपर्थ्यो, रोक्ने नियमावलीको कुरा छ। तर किन रोकिएन थाहा भएन र यो घटना संसद्को जीवनमा दुःखद् पक्ष हो,उनले भने।

    सैद्धान्तिक छलफलका क्रममा सांसदहरूले उठाएका कुराको जवाफ दिने क्रममा मन्त्री रिजालले भनेका थिए, ‘देशमा म्याक्सिमम विद्युत् उपभोग गर्नुपर्छ। बाँकी विद्युत् बाहिर पठाउनुपर्छ भन्नेमा हामी सहमत छौं। प्रधानमन्त्रीको भारत भ्रमणमा भारतले पनि विद्युत् खरिद गर्ने विषयबारे तपाईंहरूलाई जानकारी भएकै होल। बंगलादेशलाई पनि मार्केटका रूपमा प्रयोग गर्न लागेका छौं।