पत्रकारले गाउँ, नागरिक र सरकारको पुलको काम गर्नुपर्छ : मुख्यमन्त्री चौधरी - Chaitanya News
  • 2026-11-16
  • 16:21:09
  • सोमबार,मंसिर ०१, २०८३
  • पत्रकारले गाउँ, नागरिक र सरकारको पुलको काम गर्नुपर्छ : मुख्यमन्त्री चौधरी

    पत्रकारले गाउँ, नागरिक र सरकारको पुलको काम गर्नुपर्छ : मुख्यमन्त्री चौधरी

    बुटवल– लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पत्रकारले ग्रामीणस्तरमा रहेका समस्यालाई उठाउनुपर्ने बताएका छन। दाङको देउखुरीमा एक अनलाइन पत्रिकाको शुभारम्भ गर्दे उनले यस्तौ बताएका हुन्। यस्तै उनले खोज पत्रकारितालाई सरकारले पोत्साहान गर्ने पनि बताएका छन्। मुख्यमन्त्री चौधरीले पत्रकारिताले गाउँ, नागरिक र सरकारको पुलको काम गर्नुपर्नेमा जोड दिएका हुन्। सत्य तथ्यमा आधारित भएर लेख्न सबै पत्रकारलाई आग्रह गर्दै मुख्यमन्त्री चौधरीले प्रदेश सरकारका काम कारबाहीको विषयमा जनतालाई सुसूचित गराउने दायित्व पत्रकारको भएको बताए।

    उनले प्रदेश सरकारले छिटै पूर्णता पाउने बताउँदै सरकार विस्तारको विषयमा छलफल चलिरहेको समेत बताए। कार्यक्रममा लुम्बिनी प्रदेश सभा सभामुख तुलाराम घर्तीले सरकारका काम र आगामी कार्य योजना ५० लाख प्रदेशवासीका सामू पुर्‍याउन आग्रह गरे। आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री सन्तोषकुमार पाण्डेले प्रदेश सरकारले गरेका गतिविधिलाई समाचारको माध्यमबाट नागरिकलाई सुसूचित गराउन आग्रह गरे। कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक जन्मजय तिमसिल्नाले पत्रकारिताले समाजमा रहेका विकृति विसङ्गतिलाई निरुत्साहित गर्ने गरी सञ्चारमाध्यमले काम गर्नुपर्ने बताए।