काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले दलित समुदायका व्यक्ति प्रधानमन्त्री नभएसम्म जातिए छुवाछुतको अन्त्ते नहुने बताएका छन। शुक्रबार प्रतिनिििध सभाको बैठमा उनले यस्तो बताएका हुन्। यस्तै उनले दलित समुदायका व्यक्तिलाई राज्यको सर्वोच्च निकायमा पुर्याउनुपर्ने पनि बताए।
यो जातीय विभेदको आन्दोलन तब मात्रै अन्त्य हुन्छ, जब त्यो समुदायको मान्छे यो देशको कार्यकारी प्रमुख हुन्छ। यहाँ अर्काको सिँढी चढेर होलाजस्तो मलाई लाग्दैन,’ उनले भने।
जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले तराई, मधेशमा खेतियोग्य जमिनमा सिँचाई नपुगेको भन्दै सरकारको ध्यानाकर्षण गराए। उनले सरकारले आफ्नो आँखा मधेसमा पनि पुर्याउनुपर्ने बताए।
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले राष्ट्रपतिले आफ्नो उपचार खर्च आफैंले बेहोर्ने बताएको भएपनि अर्थ मन्त्रालयसँग उपचार खर्च मागेको भन्दै विरोध गरे। उनले ललिता निवास जग्गा प्रकरणमा प्रधानमन्त्री र मन्त्रीहरूलाई पनि कारबाही गर्नुपर्ने बताए।