काठमाडौँ– रास्वपाका सांसद विराजभक्त श्रेष्ठले देश चलाउने ठाँउको घडी नै नचलेपछि देशको विकास कसरी हुन्छ भन्दै प्रश्न गरेका छन। शुक्रबार प्रतिनिधि सभाको बैठमा उनले यस्तो बताएका हुन। यस्तै उनले संसदको एउटा घडी नचलेको भन्दै सभामुखको ध्यानाकर्षण गराएका छन्।
उनले हरेक वर्ष असारमा २५ प्रतिशत र त्यसअघिका तीन महिनामा मात्रै ७० प्रतिशत विकासे काम हुनुले देशमा विकास हैन विनास भइरहेको भन्दै ध्यानाकर्षण गराएका छन्।