काठमाडौं– नेपाली कांग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री स्टण्टबाज भएको बताएका छन्।
शुक्रबार प्रतिनिधि सभा बैठकमा सांसद शर्माले गृहमन्त्री स्टण्टबाज भएको आरोप लगाएका हुन्।
‘अहिलेको सरकारका गृहमन्त्री पनि कस्तो स्टण्टबाज हुनुहन्छ। अर्थमन्त्री त अमेरिकामा पढेर आउनुभएको। यत्रो महामारी छ। किसानहरुको गाईवस्तु मरिरहेका छन्। अलिकति राहत घोषणा गर्ने कुरामा ढिलाइ नगरी २४ घण्टा भित्र राहत घोषणा गरिदिए कस्तो होला?शर्माले भने।