काठमाडौंबाट भद्रपुर उडेको बुद्ध एयरको विमान समस्या आएको भन्दै बीचबाटै फर्काइयो - Chaitanya News
  • 2026-11-18
  • 15:40:08
  • बुधबार,मंसिर ०३, २०८३
  • काठमाडौंबाट भद्रपुर उडेको बुद्ध एयरको विमान समस्या आएको भन्दै बीचबाटै फर्काइयो

    काठमाडौंबाट भद्रपुर उडेको बुद्ध एयरको विमान समस्या आएको भन्दै बीचबाटै फर्काइयो

    काठमाडौँ — काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान इन्डिकेसनमा समस्या आएको भन्दै १५ मिनेटमै बीचबाटै फर्काइएको छ।

    त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार १ बजेर ५३ मिनेटमा उडेको जहाज १५ माइल उडेपछि इन्डिकेसनमा समस्या देखिएपछि फर्काइएको हो। कुन किसिमको समस्या हो भन्ने प्राविधिकहरुले अध्ययन गरिरहेको उनले जनाए।