अरुण भ्यालीले हकप्रद निष्कासन गर्न पायो स्वीकृती - Chaitanya News
  • 2026-05-26
  • 06:21:28
  • मंगलबार,जेठ १२, २०८३
  • अरुण भ्यालीले हकप्रद निष्कासन गर्न पायो स्वीकृती

    अरुण भ्यालीले हकप्रद निष्कासन गर्न पायो स्वीकृती

    काठमाडौं- अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सत प्रतिशत हकप्रद शेयर निष्कासन गर्न अनुमति पाएको छ। विद्युत नियमन आयोगले कम्पनीलाई हाल कायम चुक्ता पूँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार रुपैयाँ बराबरको सत प्रतिशत हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको हो।

    कम्पनीको असार ७ गते सम्पन्न विशेष ससाधारण सभाले उक्त हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव गरेको थियो। अब कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिनेछ। सेबोनको स्वीकृतिपछि हकप्रद शेयर निष्कासन गरिनेछ।

    शत प्रतिशत हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ७३ करोडभन्दा माथि पुग्नेछ। हकप्रद शेयर विक्रीबाट प्राप्त रकममध्ये ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ पिके हाइड्रोपावर प्रालिले विकास गर्दै गरेको लिखु खोला जलविद्युत आयोजना (३० मेवा) को निर्माणका लागि आवश्यक पर्ने स्वपूँजीका लागि पिके हाइड्रोपावरको संस्थापक शेयरमा लगानी गर्ने निणर्य गरेको कम्पनीले जनाएको छ।

    त्यसैगरी बाँकी रकम ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ कम्पनीले निर्माण सम्पन्न गरी सञ्चालनमा रहेको काबेली बी–१ क्यासकेड जलविद्युत आयोजनाको निर्माण चरणमा बैंकहरूबाट लिएको ऋण भुक्तानी गर्नका लागि उपयोग गर्ने कम्पनीले निणर्य गरेको छ।

    विद्युत् नियमन आयोगबाट पूर्वस्वीकृति प्राप्त भएपछि कम्पनीको विशेष साधारणसभामा हकप्रद शेयर निष्कासनको स्वीकृतिका लागि पेस गर्ने निणर्य पनि कम्पनीले गरेको छ।