देशको समृद्धिका लागि आन्तरिक तथा बाह्य ऋण लिनुपर्छ : अर्थमन्त्री महत - Chaitanya News
  • 2026-05-26
  • 06:21:21
  • मंगलबार,जेठ १२, २०८३
  • देशको समृद्धिका लागि आन्तरिक तथा बाह्य ऋण लिनुपर्छ : अर्थमन्त्री महत

    देशको समृद्धिका लागि आन्तरिक तथा बाह्य ऋण लिनुपर्छ : अर्थमन्त्री महत

    काठमाडौं – अर्थमन्त्री डा. प्रकाशशरण महतले ऋण किन लिने भन्नेमन सरकार प्रष्ट भएको बताएका छन। बिहिवार राष्ट्रियसभाको बैठमा बोल्दै उनलेयस्तो बताएका हुन। यस्तै उनले देशको समृद्धिका लागि आन्तरिक तथा बाह्य ऋण लिनुपर्ने पनि बताएका छन।

    सरकार कस्तो ऋण लिने, किन ऋण लिने, के आधारमा ऋण लिने, कुन क्षेत्रमा ऋण प्रवाह गर्ने वा नगर्ने भन्नेमा गम्भीर छ’, उनले भने, ‘ऋण लिने प्रचलन संसारभरि नै छ। तर त्यो ऋण किन लिने, त्यसमा हामी सुस्पष्ट हुनुपर्छ। ऋण लिएर लागनी गर्ने, लगानीबाट प्रतिफल ज्यादा लिने, त्यसले अर्थतन्त्रलाई फराकिलो बनाउँछ।’

    कुनै पनि ऋण नलिइकन देश समृद्ध बनाउन सम्भव नभएको उल्लेख गर्दै अर्थमन्त्रीले आफ्नो पुँजीले मात्रै देशको पुँजी विस्तार गर्न नसकिने बताए। उनले भने, ‘देशको पुँजी लगानीले समग्रमा अर्थतन्त्रलाई माथि उकास्न सकिँदैन। तर ऋण लिँदा अत्यन्त सचेत हुनुपर्छ, कस्तो ठाउँमा ऋण लिने, प्रतिफल र परिणाम आउने, बढीभन्दा बढी नागरिकलाई सहयोग पुग्ने हो कि होइन, सामाजिक आर्थिक प्रतिफल कति आउँछ, त्यसको यथार्थ मूल्याङ्कनका आधारमा ऋण लिनुपर्छ।