युवाहरुलाई स्वदेशमै राख्नका लागि युवा तथा खेलकुद मन्त्रालयले नयाँ उपायको खोजी गर्न आवश्यक : सांसद पाण्डे - Chaitanya News
  • 2026-06-06
  • 17:25:43
  • शनिबार,जेठ २३, २०८३
  • युवाहरुलाई स्वदेशमै राख्नका लागि युवा तथा खेलकुद मन्त्रालयले नयाँ उपायको खोजी गर्न आवश्यक : सांसद पाण्डे

    युवाहरुलाई स्वदेशमै राख्नका लागि युवा तथा खेलकुद मन्त्रालयले नयाँ उपायको खोजी गर्न आवश्यक : सांसद पाण्डे

    काठमाडौं– नेपाली कांग्रेसका सांसद बद्रीपसाद पाण्डेले खेलकुद क्षेत्रमा चलखेल हुँदा खेलाडीहरु बदनाम हुनुपरेको बताएका छन्। बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले खेलकुद क्षेत्रमा चलखेल हँुदा खेलाडीहरु नै बदनाम भएको बताए।

    युवाहरुलाई स्वदेशमै राख्नका लागि युवा तथा खेलकुद मन्त्रालयले नयाँ उपायको खोजी गर्न आवश्यक रहेको उनको भनाइ छ।

    खेलकुद मन्त्रालयको बजेट घटेर आएको, तर युवाहरुलाई सिर्जनशील बनाउने कुरा देशमा डरलाग्दो स्थिति रहेको उनले बताए। आर्थिक उपार्जन गर्न खेलकुद क्षेत्र महत्वपूर्ण हुने भन्दै यस क्षेत्रमा लगानी बढाउनुपर्ने उनले बताए।

    खेलकुद र युवा क्षेत्रमा निजी र सहकारी लगायतका अन्य क्षेत्रहरुले पनि युवा उद्यमशीलताको क्षेत्रमा र खेलकुद क्षेत्रलाई माथि उठाउन कुनै साझेदारीको कार्यक्रम गर्न जरुरी रहेको सांसद पाण्डेले बताए। १६५ निर्वाचन क्षेत्रमध्ये कम्तीमा एउटा कार्यक्रम युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत लगाउन नयाँ विकल्प सोच्नुपर्ने उनले बताए।