काठमाडौं– नेकपा एमालेकी सांसद विद्या भट्टराईले बजेट खर्च गर्न नसक्ने स्थितिको अन्त्य हुन जरुरी रहेको बताएकी छन्। बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकलाइ सम्बोधन गर्दै उनले बजेट खर्च गर्न नसक्ने स्थितिको अन्त्य गर्न जरुरी भएकोबताएकी हुन्।
सरकार बजेट छैन भन्ने, तर आर्थिक वर्ष सकिन लाग्दा बजेट खर्च नहुने परिपाटीको अन्त्य गर्न लाग्नुपर्ने भट्टराईले बताइन्। बजेट खर्च गर्न नसके कारबाही भोग्न सम्बन्धित पक्षहरु तयार हुनुपर्ने उनको भनाइ छ। एसियन गेमको बारेमा युवा तथा खेलकुद मन्त्रालयसँग खाका समितिमा जानकारी गराउन उनले आग्रह गरिन्।