चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम नयाँ आर्थिक वर्षबाट अघि बढ्छ : मन्त्री लम्बू - Chaitanya News
  • 2026-06-06
  • 17:25:45
  • शनिबार,जेठ २३, २०८३
  • चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम नयाँ आर्थिक वर्षबाट अघि बढ्छ : मन्त्री लम्बू

    चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम नयाँ आर्थिक वर्षबाट अघि बढ्छ : मन्त्री लम्बू

    काठमाडौं– खेलकुदमन्त्री डिगबहादुर लिम्बूले चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम नयाँ आर्थिक वर्षबाट अघि बढ्ने बताएका छन।

    बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले गौतमबुद्ध अन्तराष्टिूय क्रिकेट रङगशालाको काा नयाँ आर्थिक वर्षबाट अघि बढ्ने बताए । यस्तै उनले नयाँ आर्थिक वर्षबाट धुर्मुसûसुन्तली फाउण्डेशनले सरकारको तर्फबाट दिने भनिएको १२ करोड रुपियाँ अनुदान पाउने र सोही अनुसार रङ्गशाला निर्माणको काम पनि अघि बढ्ने बताए।

    उनले यसअघि नै सरकारले १२ करोड रुपैयाँ रङ्गशाला निर्माणका लागि फाउण्डेशनलाई दिने भनिएपनि कानूनी झन्झटका कारण हुन नसकेको र आगामी आर्थिक वर्षबाट रङ्गशाला निर्माणको कामले गति लिने बताए। उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला कुनै एक व्यक्तिले निर्माण गर्नसक्ने स्थिति नरहेको भएपनि निर्माण गर्न अघि सर्ने बेलामा सबैले हाइहाइ गर्दा अहिलेको अवस्था भोग्नुपरेको बताए। उनले अहिलेको रङ्गशालाको समस्यालाई सकारात्मक रुपमा लिएको र आगामी दिनमा रंगशाला निर्माणको कामले गति लिने बताए।

    उनले भने गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशालाको कुरा छ, धुर्मुस सुन्तली फाउण्डेशनले सुरु गरेको रङ्गशाला, सुरु गर्ने बेलामा सबैले हाइहाइगरे, तर पछि समस्या आयो। एउटा मान्छेले तीन, साढे तीन अर्बको रङ्गशाला बनाउँछ भनेर कसरी सकिन्छ?त्यो बेला नै हो सक्दैन भनेको भए हुनेथियो।हामीले हौसिएर ताली पिट्ने काम ग¥यौँ।मैले मन्त्रालयको तर्फबाट अहिलेका यो समस्यालाई सकारात्मक रुपमा लिनेछु। क्याबिनेटले राष्ट्रिय खेलकुद परिषद्मा रहेको २२ करोड रकममध्ये १२ करोड रुपियाँ धुर्मुस(सुन्तली फाउण्डेशनलाई अनुदान दिने भन्ने निर्णय गरेको थियो। निर्णय मन्त्रालयमा आइसकेपछि मन्त्रालयले कार्यान्वयन गर्न राष्ट्रिय खेलकुद परिषद्मा पठायो, परिषद्मा २ लाख भन्दा बढी अनुदान दिने विनियमावलीमा नसक्ने रहेछ।