काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्य समिति बैठकका विषय पदाधिकारी बैठकले तय गर्ने भएको छ।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यबहाक मुख्य सचिव डा. प्रदीप पराजुलीले साउन २ गते सोमबार बिहान पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले विषयहरू तय गर्ने जानकारी दिए।
उनले भने “विषय यस्तो छ, त्यसका लागि साउन २ गते बिहान पदाधिकारी र पूर्व पदाधिकारीको बैठक डाकेका छौं। त्यो बैठकले एजेण्डा तय गर्छ।
सरकार एवम् मन्त्रिपरिषद् पुनर्गठनको जिज्ञासामा उहाँले यो कुरा सरकारको पक्षबाट अर्कै तहबाट हुने बताए।
उनले भने“त्यो सरकारको पक्षबाट अर्कै तहबाट कुरा हुन्छ। कसलाई कुनमा ल्याउने, नल्याउने। केन्द्रीय कार्य समितिको बैठकमा हाम्रो नितान्त पार्टीभित्रको कुराहरु छ।” उनले बैठकमा पार्टीको आन्तरिक विषयमा छलफल हुने बताए।