नेप्से सूचक १२.६२ अंकले घट्यो - Chaitanya News
  • 2026-05-26
  • 06:21:41
  • मंगलबार,जेठ १२, २०८३
  • नेप्से सूचक १२.६२ अंकले घट्यो

    नेप्से सूचक १२.६२ अंकले घट्यो

    काठमाडौं– सेयर बजार १२.६२ अंकले घटेको छ। ३ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। यस दिन ३ कम्पनी सकारात्मक सर्किट लेबलमा खरिदबिक्री भए। ​

    सुरुवाती कारोबारमै २१ सय विन्दु पार गरेको नेप्से अन्तिम प्रहरमा भने सुस्त बन्यो। दोहोरो अंकले बढेको बजारमा एकाएक बिक्रेता हावी भएपछि कारोबारको अन्तिम प्रहरमा सूचक प्रभावित भएको हो।

    यस दिन २९६ कम्पनीको ९३ लाख ८२ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ। २३ करोड ७५ लाख रुपैयाँसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ। यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटल र हिमालयन लाइफ इन्सुरेन्स रहेका छन्।