काठमाडौं– गृहमन्त्री नारायणकाजी श्रेष्ठले सम्पन्न र विपन्नलाइ छुटातछुटै कानुन नहुने बताएका छन। बिहिबार राष्टिूय सभाको बैठकलाइ सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। यस्तै
उनले सुशासन स्थापनाका लागि सरकारको अभियानले विश्राम नलिने पनि बताएका छन्।
सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रविन्दुमा राखेर काम अगाडि बढाइरहेको श्रेष्ठले बताए। देशको समृद्धिको लक्ष्य हासिल गर्ने पूर्वसर्त सुशासन भएको भन्दै उनले सरकारको अभियानले विश्राम नलिने बताए।
निर्दोष नफसुन् र दोषी नछुटुन् भन्ने मान्यता अख्तियार गरिएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले धनी र गरिब तथा सम्पन्न र विपन्नलाई छुट्टाछुट्टै कानुन हुँदैन भन्ने कुरामा सबैको ध्यानाकर्षण गराए।
प्रहरी समायोजनको प्रक्रिया अगाडि बढाउन र टुंगोमा पुर्याउन सरकार दृढ रहेको मन्त्री श्रेष्ठले बताए।