काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बिहीबार राष्ट्रियसभा बैठकमा स्पष्टीकरण दिएका छन्। मन्त्री बस्नेतले खटाइएको ठाउँमा नजाने कर्मचारीका सम्बन्धमा आफू आक्रामक रूपमा प्रस्तुत भएको बताएका हुन्।
“पटक–पटक जनताको सेवाका लागि सरुवा गरिएको स्थानमा जानभन्दा एकजनाले नजाने, बरु मन्त्रालयमा झुन्डिएर मर्ने धम्की दिएछन्। केही नलागेपछि अन्तिममा आएर झुन्डिएर मर्छु भन्दाखेरि पठाइदेऊ न त मकहाँ झुन्डिन मैले भनेकै हो,” उनले भने।