संघीय निजामती सेवा ऐन चाँडै आउछ : मन्त्री मोदी - Chaitanya News
  • 2026-11-16
  • 15:59:54
  • सोमबार,मंसिर ०१, २०८३
  • संघीय निजामती सेवा ऐन चाँडै आउछ : मन्त्री मोदी

    संघीय निजामती सेवा ऐन चाँडै आउछ : मन्त्री मोदी

    काठमाडौं– सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐन छिट्टै ल्यायँने बताएका छन्।

    विहिबार राष्ट्रियसभाको बोल्दै मन्त्री मोदीले सरकार संघीय निजामती सेवा ऐन छिट्टै ल्याउने बताए।

    उनले भने, ‘संघीय निजामती सेवा ऐन चाँडै नै आउछ। कुनै किसिमको चिन्ता लिन पर्दैन, जसरी पनि ल्याउनेछौँ।’ उनले उक्त ऐनमाथि धेरै पटक छलफल भएको भन्दै ऐन आउनेमा विश्वस्त हुन आग्रह गरे।

    मन्त्री मोदीले आगामी साउनदेखि कर्मचारी समायोजनलाई कडाइका साथ लागू गर्ने प्रतिबद्धता व्यक्त गरे।

    ‘विकट र अति दुर्गम ठाउँमा कर्मचारीको अभाव छ’, उनले भने, ‘तर सुगममा राज्यले तलब खुवाउन नसक्ने गरी करार र समायोजन भए पनि जाने कर्मचारी अत्यधिक छन्। साउन १ गतेदेखि समायोजनमा अझ कडाइ गरिनेछ।’

    उनले एक लाख ३७ हजार कर्मचारीमध्ये सङ्घ अन्तर्गत ५३ हजार कर्मचारी समायोजन गरेको बताए।