असारे र डोजरे विकास प्रवृत्ति अन्त्य गर्न अघि बढेका छौँ : मन्त्री ज्वाला - Chaitanya News
  • 2026-11-16
  • 15:59:34
  • सोमबार,मंसिर ०१, २०८३
  • असारे र डोजरे विकास प्रवृत्ति अन्त्य गर्न अघि बढेका छौँ : मन्त्री ज्वाला

    असारे र डोजरे विकास प्रवृत्ति अन्त्य गर्न अघि बढेका छौँ : मन्त्री ज्वाला

    काठमाडौं– यातायातमन्त्री प्रकाश ज्वालाले डोजरे विकास प्रवृत्तिको अन्त्य गर्न सरकार अघि बढेको बताएका छन्।

    बिहीबार राष्ट्रिय सभा बैठकमा उनले अध्ययनविना डोजरचालकको भरमा सडक निर्माण हुँदा अनेकौँ प्राकृतिक विपत्तिहरू भइरहेका भन्दै असारे र डोजरे विकास प्रवृत्ति अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन्।

    डोजरे विकासका कारण सयौँ जग्गा भूमि पुरिने र पूर्वाधारमा क्षति हुने गरेको बताए। ज्वालाले काठमाडौंलगायत विभिन्न राजमार्गहरूमा रहेका खाल्डाखुल्डी पुर्नका लागि सम्बन्धित निकायलाई मन्त्रालयले निर्देशन दिएको जानकारी गराए।

    उनले भने, ‘हामी असारे र डोजरे विकास प्रवृत्ति अन्त्य गर्न अघि बढेका छौँ। काठमाडौं र विभिन्न राजमार्गका खाल्डाखुल्डी मर्मतसम्भार गरेर यात्रुहरूलाई पीडा हुन नदिन मन्त्रालयअन्तर्गतका निकायहरूलाई निर्देशन दिइसकिएको छ। सवारीचालक अनुमतिपत्र सेवाग्राहीलाई छिटोभन्दा छिटो उपलब्ध हुने व्यवस्था गरिँदै छ। सवारीचालक अनुमतिपत्र नवीकरणको अवधि पाँच वर्षबाट बढाएर १० वर्ष बनाइएको छ। इम्बोस्ड नम्बर प्लेटमा प्रदेशको नाम नेपालीमा लेख्ने निर्णय भइसकेको छ।’