भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ - Chaitanya News
  • 2026-11-16
  • 16:00:24
  • सोमबार,मंसिर ०१, २०८३
  • भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ

    भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ

    काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ परेका छन्।

    यस प्रकरणमा संलग्न भएको आरोपमा केशव तुलाधरलाई पक्राउ गरेको।

    यस प्रकरणमा संलग्न रहेको आरोपमा ३० जना व्यक्तिविरुद्ध प्रहरीले विभिन्न आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ।

    प्रहरीले मुद्दा दायर गरेका ३० जनामध्ये हालसम्म १९ जना पक्राउ परिसकेका छन् जसमा दुईजना धरौटीमा रिहाई भइका छन् भने १६ जना कारागार चलान भएका छन्।

    यस प्रकरणमा पूर्वउपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १६ जनालाई थुनामा राख्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो। यही असार १ गते न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले यस्तो आदेश दिएको हो।

    न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले टंक गुरूङलाई १० लाख र लक्ष्मी महर्जनलाई ५ लाख धरौटीमा छोड्न आदेश दिएको थियो।

    अदालतको आदेशपछि पक्राउ पर्नेमा तुलाधर दोस्रो व्यक्ति हुन्। यसअघि जिल्ला प्रहरी परिसर काठमाडौंले गत असार ११मा आशिष बुढाथोकीलाई पक्राउ गरेको थियो।