कक्षा ११ मा छात्रवृत्तिका लागि काठमाडौँ महानगरबाट आवेदन आह्वान - Chaitanya News
  • 2026-05-02
  • 17:24:24
  • शनिबार,बैशाख १९, २०८३
  • कक्षा ११ मा छात्रवृत्तिका लागि काठमाडौँ महानगरबाट आवेदन आह्वान

    कक्षा ११ मा छात्रवृत्तिका लागि काठमाडौँ महानगरबाट आवेदन आह्वान

    काठमाडौँ– काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति लिन चाहने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन माग गरेको छ ।

    काठमाडौं महानगरपालिका अन्तर्गतको शिक्षा विभागले आज एक सूचना जारी गरी महानगरभित्र सञ्चालित कक्षा ११ अध्यापन हुने संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८०–०८१ का लागि छात्रवृत्तिमा विद्यार्थी छनोटका लागि परीक्षाका लागि महानगरले आवेदन आह्वान गरेको हो ।

    महानगरकाअनुसार आज बिहान १० बजेदेखि साउन १२ गतेसम्म महानगरको वेबसाइट वा entrance.kathmandu.gov.np मार्फत अनलाइन आवेदन फाराम पेस गर्न सकिने छ ।

    छात्रवृत्ति परीक्षा साउन २० गते बिहान ११ देखि दिउँसो १ बजेसम्म हुनेछ । महानगरले विस्तृत जानकारीका लागि महानगरको वेबसाइट kathmandu.gov.np मा हेर्न अनुरोध गरेको छ ।