सीता दाहालको निधनप्रति दुःख व्यक्त गर्दै झलनाथ खनालले भने: नेपाली राजनीतिमा सीता दाहालको योगदान अविस्मरणीय - Chaitanya News
  • 2026-11-16
  • 15:59:24
  • सोमबार,मंसिर ०१, २०८३
  • सीता दाहालको निधनप्रति दुःख व्यक्त गर्दै झलनाथ खनालले भने: नेपाली राजनीतिमा सीता दाहालको योगदान अविस्मरणीय

    सीता दाहालको निधनप्रति दुःख व्यक्त गर्दै झलनाथ खनालले भने: नेपाली राजनीतिमा सीता दाहालको योगदान अविस्मरणीय

    काठमाडौं– नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन्। नेता खनालले आज एक विज्ञप्ति जारी गर्दै स्वर्गीय दाहालप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

    ‘सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालकी जीवन सङ्गिनी सीता दाहालले ३० को दशकदेखि कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलन र समाजवादी आन्दोलनलाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ। उहाँको निधनको खबरले स्तब्ध तुल्याएको छ,’ दनालले विज्ञप्तिमा भनेका छन।

    मुलुकको राजनीतिक विकासक्रममा दिवङ्गत दाहालले पुर्याएको योगदानको इतिहासमा अविस्मरणीय रहने नेता खनालले दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

    पत्नी वियोगमा रहेका प्रधानमन्त्री दाहाललगायत शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गरिएको छ। नर्भिक अस्पतालमा आज बिहान ८ः३३ मा ६९ वर्षको उमेरमा दाहालको निधन भएको थियो।