प्रहरी जवान रजनिश रायलाई पाता कसेर यातना दिएकोबारे छानबिन गर्न ५ सदस्यीय समिति गठन - Chaitanya News
  • 2026-11-18
  • 14:53:54
  • बुधबार,मंसिर ०३, २०८३
  • प्रहरी जवान रजनिश रायलाई पाता कसेर यातना दिएकोबारे छानबिन गर्न ५ सदस्यीय समिति गठन

    प्रहरी जवान रजनिश रायलाई पाता कसेर यातना दिएकोबारे छानबिन गर्न ५ सदस्यीय समिति गठन

    जनकपुरधाम– प्रहरी जवानलाई पाता कसेर यातना दिएको विषयमा मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन सुरु गरेको छ। डीएसपी ज्ञानकुमार महतोको संयोजकत्वमा ५ सदस्यीय छानबिन टोली गठन गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

    उनका अनुसार घटना बाहिरिएलगत्तै बुधबार कार्यलयले टोली गठन गरी छानबिन थालेको हो। जति सक्दो चाँडो छानबिन गरी प्रतिबेदन बुझाउन कार्यलय टोलीलाइ निर्देशन दिइएको छ।

    पीडित प्रहरीका रजनिश रायले आफ्नो दाइले बढी ड्युटी गराएको विषयमा इन्सपेक्टर हेमन्त राईलाई गुनासो गर्न जाँदा मुखामुख भएपछि पाता कसेर १२ घण्टा यातना दिएको आरोप लगाएका छन्।