कालिकोट– बजेट अभावले कालिकोटको एकमात्र सरुवारोग अस्पताल खारेज हुने भएको छ।
दुईवर्ष देखी विभिन्न किसिमका सेवा दिदै आइरहेको अस्पताललाई प्रदेश सरकारले यो वर्षका लागी वजेट बिनियोजन नगर्दा एक जना मेडिकल अधिकृत सहित २१ जना स्वास्थ्यकर्मिहरुको रोजगारी समेत गुम्ने भएको छ।
दुईवर्ष अगाढी तामझामका साथ उद्घाटन गरिएको एकमात्र सरुवारोग अस्पतालमा बजेट बिहिन गरेर व्यवास्था गरेपछी जिल्लाका राजनितिक दलहरुले पनी बिरोध गरेका छन। आइतवार सर्वदलिय वैठक बसेर सरुवारोग अस्पताललाई तत्काल वजेट बिनियोजन गर्न माग गर्दै सर्वदलिय निर्णय समेत गरेको छ।
सामाजिक विकास मन्त्रालय र मुख्यमन्त्रीको कार्यालयलाई सर्वदलिय वैठकका निर्णय पठाइसकेको स्वास्थ्य सेवा व्यवस्थापक डा. संकेत बिश्वकर्माले बताए।
स्वास्थ्य क्षेत्रको पहुँच बढाउनुको साटा्े उल्टै घटाउनु दुखत रहेको प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बताए।संचालनमा रहेको अस्पताललाई बजेट बिनियोजन नगरेपछी जिल्ला अस्पताल र हाम्रो सहजिकरणमा सर्वदलिय बैठक बसालेर वजेट छुटाउन माग गरेको छौँ प्रजिअ माझिले भने।’
साविकको कर्णाली प्रदेशको प्रवेशद्धार रहेको कालिकोटमा सरुवारोग अस्पतालले सेवादिदै आएको र यहाँका सेवाग्रहीलाई सानो रोग लागेमा सुर्खेत काठमान्डौ रेर्फर गनुपर्ने अवस्थामा कालिकोटमा सरुवा रोग अस्पताल आवश्यक रहेको बताए।