सातौं प्रधानमन्त्री कप : एपीएफलाई पराजित गर्दै आर्मी फेरि शीर्ष स्थानमा - Chaitanya News
  • 2026-06-06
  • 17:25:20
  • शनिबार,जेठ २३, २०८३
  • सातौं प्रधानमन्त्री कप : एपीएफलाई पराजित गर्दै आर्मी फेरि शीर्ष स्थानमा

    सातौं प्रधानमन्त्री कप : एपीएफलाई पराजित गर्दै आर्मी फेरि शीर्ष स्थानमा

    काठमाडौं– सातौं प्रधानमन्त्री कप एनभीए पुरुष भलिबलमा एपीएफलाई हराउँदै आर्मी फेरि शीर्ष स्थानमा उक्लिएको छ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको खेमाल आर्मीले एपीएफलाई ३२ को सेटमा पराजित गरेको हो। पहिलो सेट हारे पनि आर्मीले दोस्रो, तेस्रो र पाँचौं सेट जितेको हो।

    आजको खेलमा दर्शकले आर्मीका दुई खेलाडीलाई उपनाम सहित अनुशासन नभएको खेलाडी भन्दै हुटिङ गरेका थिए।

    गत सोमबार गण्डकी प्रदेश भलिबल संघसँगको खेलमा भएको विवादपछि आर्मीका खेलाडीले दर्शकदीर्घामै गएर दर्शकलाई मुक्का हानेका थिए। त्यसकै विरोधमा दर्शकले हुटिङ गरेका हुन्।

    सोमबार विवादमा उत्रिने र झगडा गर्ने आर्मीका सबै खेलाडी आज पनि खेलेका थिए।

    यो जितसँगै आर्मीको ४ खेलबाट ११ अंक भयो। टिपटप हेल्प नेपालको समान ११ अंक भए पनि सेट प्वाइन्टको आधारमा उ तालिकाको दोस्रो स्थानमा छ।