परासी — पश्चिम नवलपरासीको रामग्राममा मापदण्डविपरीत सञ्चालन भएको भन्दै दुई वटा औषधि पसलमा प्रशासनले सिल गरेको छ। रामग्राम नगरपालिका, घरेलु तथा साना उद्योग र जिल्लास्थित अनुगमन समितिले संयुक्तरुपमा अनुगमन गरेको हो। अनुगमनका क्रममा रामग्राम–१८ मा रहेको प्रवेश उपचार केन्द्र सदरमुकाम परासीको सन मेडीको नाम गरेको औषधि पसल सिल गरिएको जिल्ला अनुगमन समिति संयोजक सहायक प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटाले बताए।
अनुगमन समितिले माग गरेअनुरुप कागजपत्र उपलब्ध गराउन नसकेपछि सिल गरिएको प्रशासनले जनाएको छ। सिल भएका औषधि पसललाई आवश्यक प्रक्रिया पूरा गरेर सम्बन्धित कार्यालयमा सम्पर्क गर्न भनिएको छ। साथै अनुगमनका क्रममा पसलहरुलाई नवीकरण गर्न निर्देशन दिइएको छ।
ग्राणीण भेगमा बिनाइजाजत र आवश्यक प्रक्रिया पूरा नगरी औषधि पसल संचालनमा आएको जनगुनासो बढेपछि प्रशासनले अनुगमन गरेको हो।