झापा गाउँपालिकाका तत्कालीन अध्यक्षसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर - Chaitanya News
  • 2026-11-17
  • 01:38:48
  • सोमबार,मंसिर ०१, २०८३
  • झापा गाउँपालिकाका तत्कालीन अध्यक्षसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    झापा गाउँपालिकाका तत्कालीन अध्यक्षसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं– झापा गाउँपालिकाका तत्कालीन अध्यक्ष जय नारायण साहसहि १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले बुधबार विज्ञप्ति जारी गर्दै साहसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको जानकारी दिए।

    साहसँगै तत्कालीन गाउँपालिका उपाध्यक्ष कुन्ती देवी बुढाथोकी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत चोलाराज दंगाल, इन्जिनियर अभिषेक दास, वि–इन्जिनियर विज्ञान चम्लागाँईविरुद्व गाउँपालिकास्थित लक्ष्मीमार्ग सडकखण्ड अन्तर्गत हनुमान चोकदेखि सिमलबाडीसम्म सात किलोमिटर बाटो बनाउन आर्थिक वर्ष २०७४–७५ मा २२ लाख ९ हजार ८२३ रुपियाँ रकम हिनामिना भएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ।

    लक्ष्मीमार्ग उपभोक्ता समितिका अध्यक्ष धनपति थपलिया, सचिव फणीन्द्रप्रसाद खरेल, कोषाध्यक्ष शान्तादेवी सुब्बा, तत्कालीन वडा नम्बर ३ का अध्यक्ष हरि बहादुर बानिया, वडा ७ का अध्यक्ष नेत्रप्रसाद उप्रेती र वडा नं. ३ का अध्यक्ष मोती लाल गणेशविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवाना हुन मागदाबी दिई बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ।