काठमाडौं– ठेलागाडा र साना व्यापारीहरूको उचित व्यवस्थापन गर्न माग गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबिरुद्ध महानगरपालिकाको कार्यालय अगाडि विरोध प्रदर्शन गरिएको छ।
‘इनफ इज इनफ’ नामक समूहले गरेको विरोध प्रदर्शन्मा महानगरमा जीविकोपार्जन गर्न थोरै आय स्रोतका लागि साना व्यापार गर्नेहरुमाथि भएको ज्यादतीबिरुद्ध प्रदर्शन गरिएको सयल श्रेष्ठले बताए।
उनले जीविकोपार्जन गर्न व्यापार गर्नेहरु माथि महानगरले फोहोरको जस्तो गरी दुव्र्यवहार गनेको आरोप लगाए। श्रेष्ठले संविधानले बाच्न पाउने अधिकार र मानव अधिकारको कुरालाई समेत हनन हुने काम भएको भन्दै उनले मेयर तथा महानगरबिरुद्ध यो विषयमा संगठित भएर बोल्न नसकेको बताए।
श्रेष्ठले महानगर पालिकाले व्यापारीको सामान व्यवस्थित गर्नुपर्नेमा सामान कब्जा गरेर जनतालाई लुट्ने काम गरेको भन्दै अमानवीय कार्य रोक्नुपर्ने बताए।
अर्को प्रदर्शनमा सहभागी सौरभ न्यौपाने फुटपाथ व्यवस्थापन मेयर शाहले निर्वाचनको बेला दिएको आश्वासन पूरा गर्न नसकेको बताए। उनले मेयर बालेनले निर्वाचनको बेला बोलेको कुरा बिर्सिएकाले बिरोध प्रदर्शन भन्दा पनि सम्झाउन युवाहरु भेला भएको हुन।
अर्का सहभागी युजनराज भण्डारीले साना ठेलागाँडा ब्यापारीहरु माथि महानगरले गरेको ज्यादती बिरुद्ध प्रदर्शन गरिएको बताए। उनले फुटपाथका गेलागाढा व्यवसायलाई व्यवस्थित गर्न सकिन्छ भनेर मेयर शाहले निर्वाचनको बेला भन्ने गरेपनि अहिले अमानवीय व्यवहार गर्ने काम गरेको बताए।