सेयर बजार दोहोरो अंकले बढ्यो - Chaitanya News
  • 2026-05-26
  • 06:20:47
  • मंगलबार,जेठ १२, २०८३
  • सेयर बजार दोहोरो अंकले बढ्यो

    सेयर बजार दोहोरो अंकले बढ्यो

    काठमाडौं–  आज बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ। नेप्से सूचकांक बढेसँगै हाइड्रोपावर उपसूचक पनि उचालिएको छ।

    कारोबारको चौथो दिन बुधबार नेप्से सूचकांक २५.३१ अंकले बढेर दुई हजार ९७ को विन्दुमा कायम भएको छ। नेप्सेमा सूचीकृत २८९ कम्पनीहरुको ८५ लाख ४ हजार कित्ता शेयर किनबेच हुँदा तीन अर्ब १८ करोड ७६ लाख ९५ हजारको कारोबार भएको छ।

    बजारमा हरियाली छाएसँगै ११ वटा उपसूचकहरुमा हरियाली छाएको छ। आज सर्वाधिक हाइड्रोपावर उपसूचक ४.४१ प्रतिशतले बढेको छ। दोस्रोमा माइक्रोफाइनान्स उपसूचक १.८७ प्रतिशतले बढेको छ। आज फाइनान्स उपसूचक भने १.९५ प्रतिशतले र होटल तथा पर्यटन उपसूचक ०.८७ प्रतिशतले घटेको छ।