पार्टीलाई नयाँ पुराना भन्ने हैन, विचार र उसको सिद्धान्त के हो भन्ने कुरा महत्त्वपूर्ण हो : प्रदीप ज्ञवाली - Chaitanya News
  • 2026-11-17
  • 01:38:43
  • सोमबार,मंसिर ०१, २०८३
  • पार्टीलाई नयाँ पुराना भन्ने हैन, विचार र उसको सिद्धान्त के हो भन्ने कुरा महत्त्वपूर्ण हो : प्रदीप ज्ञवाली

    पार्टीलाई नयाँ पुराना भन्ने हैन, विचार र उसको सिद्धान्त के हो भन्ने कुरा महत्त्वपूर्ण हो : प्रदीप ज्ञवाली

    सुर्खेत– नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले वर्तमान सरकार अजिबको भएको बताएका छन्।
    १४ वटा प्रदेशको पक्षमा रहेका मधेसवादी पनि वर्तमान सरकारमा रहेको ज्ञवालीले बताए। यस्तो अजिबको सरकारबाट देशले निकास पाउन नसक्ने उनको भनाइ थियो।

    बुधबार नेकपा एमाले स्कुल विभाग कर्णाली प्रदेशले आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षक–प्रशिक्षण कार्यक्रमलाइ सम्मोधन गर्दै उनले गठबन्धनको सिद्धान्त भनेकै ‘मिलिजुली बसौँ, बाँढीचुढी खाऔँ’ भन्ने रहेको पनि बताए।

    कुनै पनि पार्टीको विचार र सिद्धान्त के हो भन्ने कुरा प्रधान भएको ज्ञवालीले बताए। पार्टीलाई नयाँ पुराना भन्ने हैन, विचार र उसको सिद्धान्त के हो भन्ने कुरा महत्त्वपूर्ण हो यउनले भने।’

    एमालेमा पठनपाठनको संस्कृति हराउँदै गएको ज्ञवालीले बताए। ‘सातै प्रदेशका स्कुलहरू सञ्चालन गर्ने, ७७ वटै जिल्लामा पार्टी स्कुल विभागहरू सञ्चालन गर्ने र त्यसका लागि पार्टीको स्कुलिङ र जनपरिचालनका लागि सात जना केन्द्रीय कमिटीहरू खटिएको छन्,’ उनले भने। साथै उनले विज्ञान प्रविधिले फड्को मारिरहेको अवस्थामा पार्टीलाई सोहीअनुसार अघि बढाइनुपर्ने बताए।