सेयर बजार सामान्य अंकले घट्यो - Chaitanya News
  • 2026-05-26
  • 06:22:11
  • मंगलबार,जेठ १२, २०८३
  • सेयर बजार सामान्य अंकले घट्यो

    सेयर बजार सामान्य अंकले घट्यो

    काठमाडौं– सेयर बजार सामान्य अंकले घट्यो छ। यस दिन नेप्से सूचक ४.७३ अंकले घटेर २०७२.२४ विन्दुमा आएर अडिएको छ। २ अर्ब ८५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

    सूचक दबाबमा रहँदा कारोबार रकम पनि खुम्चिएको हो। यस दिन ३ कम्पनी सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्। विकास बैंक र फाइनान्स समूहमा चमक देखिएको छ।

    यसदिन २८३ कम्पनीको ७९ लाख ८८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ। १२ करोड ७८ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ। यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र सोल्टी होटल परेका छन्।