काठमाडौँ– ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मालपोत कार्यालय डिल्लीबजारका दुई पूर्व कर्मचारीलाई मंगलबार बिहान पक्राउ गरेको हो।
योगराज पौडेल र खरिदार नारायणराज मिश्र पक्राउ परेका हुन्।
काठमाडौँबाट पक्राउ परेका पौडेल डिल्ली बजारस्थित मालपोत कार्यालयमा कार्यरत तत्कालीन नासु हुन् भने मिश्र खरिदार हुन्।