सभामुख घिमिरे र फ्रान्सका राजदूतबीच भेटवार्ता - Chaitanya News
  • 2026-11-16
  • 15:43:11
  • सोमबार,मंसिर ०१, २०८३
  • सभामुख घिमिरे र फ्रान्सका राजदूतबीच भेटवार्ता

    सभामुख घिमिरे र फ्रान्सका राजदूतबीच भेटवार्ता

    काठमाडौं– नेपालका लागि फ्रान्सका राजदूत गिल्स बोरबाओले सभामुख देवराज घिमिरेसँग भेटवार्ता गरेका छन्।

    सभामुखको कार्यकक्ष सिंहदरवारमा भएको भेटवार्तामा नेपाल र फ्रान्सबीचको मैत्रीपूर्ण सम्बन्ध, विकास सहयोग, जनस्तरको सम्बन्ध, लगानी तथा व्यापार लगायतका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।